चलचित्र ‘माइतीघर’को ट्रेलर सार्वजनिक

चलचित्र  ‘माइतीघर’को ट्रेलर सार्वजनिक

मिलन तामाङको निर्देशनमा तयार   भएको चलचित्र   ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ । काठ्माण्डु एक कार्यक्र्म गर्दै चलचित्र  को ट्रेलर सार्वजनिक गरिएको  हो । 

सार्वजनिक ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाएको छ । ट्रेलरमा देखाए अनुसार प्रकाश सपूत र उपासना सिंह ठकुरी प्रेम सम्बन्धमा रहेको र यि  दुई को बिच मा धीरज मगरको प्रवेशले ल्याउने द्वन्द्व  देखिन्छ ।  यस चलचित्र मा प्रकाश, उपासना र धीरजसहित केदार घिमिरे, श्यामाश्री शेर्पा, वराज लामा, वुद्दि तामाङ, रजनी गुरुङ लगायतको अभिनय रहेको छ । 

रोहित अधिकारी प्रस्तुतकर्ता रहेको चलचित्रका लेखक रामशरण पाठक हुन् भने रबिन शेरचन र धिरज तामाङको लगानी रहेको  छ । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन । ‘माइतीघर’ दशैंको फूलपाती (१३ असोज)मा प्रदर्शन आउन लागेको चलचित्र  हो ।